भारतस्थित बंगालको खाडीमा निवार आँधी, चेन्नईमा भीषण वर्षा

0

एजेन्सी : भारतस्थित बंगालको खाडीमा निवार नामको शक्तिशाली आँधीको विकास भएको छ । आँधीका कारण पछिल्लो २४ घण्टायता चेन्नईमा भीषण वर्षा भइरहेको छ ।

भारतको मौसम विभागले आँधीले खतरनाक रूप लिने चेतावनी दिएको छ । आँधी आज साँझ तमिलनाडु र पुडुचेरीको तटमा ठोक्किने अनुमान गरिएको छ । आँधीको गति प्रतिघण्टा सयदेखि डेढ सय किलोमिटरसम्म हुने अनुमान छ ।

आँधीले पुर्‍याउन सक्ने क्षति न्यूनीकरण तथा उद्धारका लागि तमिलनाडु र आन्ध्र प्रदेशमा १२ सय उद्धार टोली तैनाथ गरिएको छ । आँधीको त्रासले रेल सेवा पनि बन्द गरिएको छ ।

Leave A Reply

Your email address will not be published.