डिसेम्बरको दोस्रो साताभित्र अमेरिकी नागरिकले कोरोनाविरुद्धको खोप पाउने

0

एजेन्सी : कोरोना भाइरसविरुद्धको खोप अमेरिकी नागरिकहरूले पहिलो पटक डिसेम्बर दोस्रो साता नै पाउने भएका छन । अमेरिकाको कोरोना भाइरस खोप कार्यक्रमका प्रमुख डाक्टर मोन्सेफ स्लावीले डिसेम्बर महिनाको ११ तारिखसम्ममा अमेरिकी नागरिकले खोप पाउने बताएका हुन् ।

उनले सीएनएनसँगको कुराकानीमा स्वीकृति पाएको २४ घण्टाभित्र खोप पुर्‍याइने योजना गरिएको जानकारी दिएका हुन् । अमेरिकाको खाद्य तथा औषधि प्रशासन ‘एफडीए’ को खोपसम्बन्धी परामर्श समितिले खोपलाई अनुमति दिनेबारे डिसेम्बर १० तारिखमा छलफल गर्ने निधो गरेको छ ।

डा. स्लावीले अनुमति पाएको दुई दिनमै खोप दिन सकिने र खोप राज्को जनसंख्याको आधारमा वितरण गरिने योजना रहेको बताए । खोपमा सुरुमा स्वास्थ्य कार्यकर्ता र वृद्धवृद्धाजस्ता जोखिम समूहमा पर्नेहरूलाई प्राथमिकता दिइने योजना छ ।

डा. स्लावीले खोपको प्रभावकारिताका आधारमा आउँदो मे महिनासम्ममा खोपमार्फत् ७० प्रतिशत जनसंख्यामा रोग प्रतिरोधात्मक क्षमता प्राप्त गरिने बताएका छन् ।

कोरोनाबाट अमेरिकामा एक करोड २० लाखभन्दा धेरै मानिस सङ्क्रमित भएका छन् । दुई लाख ५५ हजार जनाको मृत्यु भएको छ । अमेरिकी कम्पनी फाइजर र त्यसको सहायक कम्पनी बायोएनटेकले अमेरिकामा आफ्नो खोपलाई आकस्मिक अनुमति दिन शुक्रवार आवेदन दिइसकेका छन् ।

दुई पटक लगाइनुपर्ने खोपको परीक्षण ९५ प्रतिशत प्रभावकारी देखिएको छ । यो खोपले कोरोना भाइरुसविरुद्ध लड्नका लागि शरीरले रोगसँग लड्ने एन्टीबडी र टी–सेलहरू आफैँ बनाउँछ । फाइजरले यो वर्षको अन्त्यसम्ममा पाँच करोड डोज खोप उत्पादन गर्ने आशा गरेको छ ।

Leave A Reply

Your email address will not be published.