नेपालमा थपिए १६६९ कोरोना संक्रमित, ५६९९ जना संक्रमणमुक्त

0

काठमाडौं : नेपालमा झण्डै दुई लाख कोरोना संक्रमित निको भएका छन् । विगत २४ घण्टामा ५ हजार ६ सय ९९ जना कोरोना संक्रमणमुक्त भएसँगै निको हुनेको संख्या १ लाख ९९ हजार २४ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ९० दशमलब तीन प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकैदिन ८ हजार ३२ वटा नमुना पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार १४ पुरुष र ६ सय ५५ जना महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमित हुनेको संख्या २ लाख २० हजार ३ सय आठ पुगेको छ ।

काठमाडौं उपत्यकामा थप ९ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ७ सय ७३, ललितपुरमा १ सय ३१ र भक्तपुरमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आइतबार सबैभन्दा धेरै बागमती प्रदेशमा १ हजार २८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । त्यसैगरी प्रदेश १ मा २ सय ४२, प्रदेश २ मा ६१, गण्डकी प्रदेशमा १ सय दुई, लुम्बिनी प्रदेशमा १ सय ७१, र सुदूरपश्चिम प्रदेशमा ६५ जना कोरोनभाइरस संक्रमित थपिएका छन् ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ९ सय ६३ रहेको छ । तीमध्ये १३ हजार ६ सय १२ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ६ हजार ३ सय ५१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संक्रमित मध्ये ३ सय ५९ जना आईसीयू र ६६ जना भेन्टिलेटरमा रहेका छन् ।

कोरोना भाइरस संक्रमण पहिचानका लागि हालसम्म १६ लाख ६० हजार ७५ वटा नमुना पीसीआर विधिबाट परीक्षण गरिएको छ । अहिले देशभरका क्वारेन्टिनमा बस्नेहरुको संख्या ६ सय ८६ जना रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ सय २१ पुगेको छ ।

Leave A Reply

Your email address will not be published.