कोरोना संक्रमण वुहानमा भन्दा तीन महिना पहिले नै इटालीमा देखिएको वैज्ञानिकहरुको दाबी

0

एजेन्सी : कोरोना भाइरसको सुरुवातबारे नयाँ तथ्य सार्वजनिक भएको छ । चीनको वुहानमा कोरोना संक्रमण देखिनु भन्दा तीन महिना अघि सेप्टेम्बरमै इटलीमा भाइरसको संक्रमण शुरु भइसकको प्रमाण फेला परेको वैज्ञानिकले दाबी गरेका हुन् ।

सन् २०१९ डिसेम्बर अन्त्यतिर चीनको वुहानमा देखिएको भनिएको कोरोना भाइरसको संक्रमण त्यसभन्दा अघि नै इटलीमा सुरु भइसकको प्रमाण फेला परेको वैज्ञानिकहरुले बताएका हुन् ।

मिलानस्थित नेसनल क्यान्सर संस्थानका जीवन वैज्ञानिक डा. गब्रिएला सोजीको नेतृत्वमा रहेको टोलीले टुमोरी जर्नलमा नयाँ तथ्य सार्वजनिक गरेका हुन् ।

वैज्ञानिक सोजीले यो अप्रत्याशित तथ्यले कोरोना महामारीको इतिहासलाई नयाँ रूप दिनसक्ने उल्लेख गरेका छन् । इटलीका मानिसमा फोक्सोको क्यान्सर स्क्रिनिङदेखि रगतको नमुना जाँचसम्म गर्दा विशिष्ट किसिमको एन्टिबडी देखिएको हो ।

यसबाट चीनको वुहानमा गत डिसेम्बरमा कोरोना संक्रमण देखिनुभन्दा पहिले इटलीमा मानिसलाई संक्रमण देखिएको भन्ने पुष्टि भएको अनुसन्धानकर्ताको भनाइ छ । कोरोनाको उत्पतिका बारेमा विश्व स्वास्थ्य संगठनले समेत अध्ययन गरिरहेको छ ।

Leave A Reply

Your email address will not be published.