राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन प्रधानमन्त्रीको आह्वान

0

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन आह्वान गरेका छन् । नेपाल सम्वत् ११४१ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले एकता मार्फत नै हामी ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न समर्थ हुने बताएका हुन् ।

सन्देशमा प्रधानमन्त्री ओलीले जननिर्मित संविधानको संस्थागत कार्यान्वयन मार्फत मुलुकलाई विकास र समृद्धिको दिशामा अग्रसर गराइरहेको उल्लेख गर्दै सिंगो देश नयाँ संविधान अनुरुपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा नवनिर्माणको चरणमा प्रवेश गरेको बताएका छन् ।

सन्देशमा विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट बच्न विशेष सतर्कता अपनाउँदै नेपाल सम्वत् लगायत पर्व मनाउन विशेष आह्वान गरिएको छ ।

शंखधर साख्वाःले ऋणमा डुबेर दासत्वको जीवन बिताइरहेका सर्वसाधारणहरुलाई ऋणबाट मुक्त बनाई स्वतन्त्रता दिलाएको दिनलाई प्राचीन कालदेखि नेपाल सम्बतका रुपमा मनाइँदै आएको छ ।

No description available.
Leave A Reply

Your email address will not be published.