डा. केसीको उपचार खर्च सरकारले व्यहोर्ने प्रधानमन्त्रीको घोषणा

0

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबाट संक्रमित डा.गोविन्द केसीको स्वास्थ्य लाभको कामना गरेका छन् । प्रधानमन्त्री ओलीले आफ्नो ट्वीटरबाट डा.केसीको स्वास्थ्य लाभको कामना गर्दै उनको उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने जानकारी दिएका हुन् ।

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.केसीलाई बिहीबार पिसिआर परीक्षण गर्दा संक्रमण देखिएको थियो ।

हाल उनलाई शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार डाक्टर केसीमा ज्वरो रुघाखोकीको समस्या देखिएको थियो ।

Leave A Reply

Your email address will not be published.