अजरबैजानसँगको शान्ति सम्झौताको विरोधमा अर्मेनियामा प्रदर्शन

0

एजेन्सी : अर्मिनिया र अजरबैजानबीच शान्ति सम्झौता हुनासाथ रुसले नागोर्नो र काराबाखका विवादित क्षेत्रमा सयौं शान्ति सेना खटाएको छ । गत सेप्टेम्बरदेखि युद्धरत अर्मिनिया र अजरबैजानबीच सोमबारदुवै देशबीच शान्ति सम्झौता भए लगत्तै रूसले सेना पठाएको हो ।

रुसको मध्यस्थतामा गराइएको शान्ति सम्झौताका कारण अजरबैजानमा खुसियाली छाएको छ । अर्मेनियाका केही मानिसले भने असन्तुष्टि प्रकट गरेका छन् । सम्झौताबाट निराश अर्मेनियाका नागरिक सडक प्रदर्शनमा उत्रिएका छन् ।

केही आन्दोलनकारीले सरकारी भवनमा क्षति पुर्‍याएका छन् र प्रधानमन्त्री निकोल पसियनानको राजीनामा माग गरेका छन् । सम्झौता अनुसार विवादित क्षेत्रको केही भाग अजरवैजानको भएपछि त्यसको विरोध भएको हो ।

नागोर्नाे-काराबाख क्षेत्र अन्तर्राष्ट्रिय हिसाबले अजरबैजानको भाग मानिन्छ। तर सन् १९९४ बाट त्यो क्षेत्रमा बसोबास गर्ने अर्मिनियालीको कब्जामा छ ।

Leave A Reply

Your email address will not be published.