आज गणेशमान सिंहको १०६ औं जन्म जयन्ती मनाइँदै

0

काठमाडौं : लौह पुरुष गणेशमान सिंहको १ सय ६ औँ जन्म जयन्ती आज मनाइँदैछ । नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहेका सिंहको जन्मजयन्तीका अवसरमा विहान काठमाडौंको शोभा भगवतीमा उनको शालिकमा माल्यार्पण गरिएको छ ।

सिंहको सम्झनामा नेपाली कांग्रेस र उसका भ्रातृ संगठन तथा गणेशमान सिंह अध्ययन प्रतिष्ठानले विभिन्न भर्चुअल कार्यक्रमको आयोजना गरेका छन् ।

नेपालमा राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापना तथा २०४६ सालको बहुदलीय प्रजातन्त्र स्थापनाका लागि भएको आन्दोलनको नेतृत्वलगायतका भूमिकामा सिंहको अविस्मरणीय योगदान रहेको छ । सिंहले बीपी कोइरालासँग मिलेर नेपाली कांग्रेसको स्थापना गरेका थिए ।

उनी आफ्नो जीवनकालमा कुनै पनि लाभको पदमा नबसी सेवा गरेकोले त्यागी नेताका रुपमा सम्झना गरिन्छ । १९७२ कार्तिक २४ गते काठमाडौंको यट्खा टोलमा जन्मिएका सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो ।

Leave A Reply

Your email address will not be published.