२८१७ कोरोना संक्रमित थपिए, थप २१ जनाको मृत्यु

0

काठमाडौं : नेपालमा आइतबार थप २ हजार ८ सय १७ जनामा कोरोना पुष्टि भएको छ । गत २४ घन्टामा १२ हजार ३ सय ११ पीसीआर परीक्षण गर्दा १ हजार ६ सय ५१ पुरुष र १ हजार १ सय ६६ महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ ।

काठमाडौं उपत्यकामा १ हजार ५ सय ३३ संक्रमित थपिएका छन् । यस्तै पछिल्लो २४ घण्टामा २ हजार ८ सय १२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर संक्रमणमुक्त हुनेको संख्या १ लाख ५७ हजार ९ सय २६ पुगेको छ ।

त्यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप २१ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार १ सय ८ पुगेको छ ।

Leave A Reply

Your email address will not be published.