नागढुंगाबाट श्रोत नखुलेको ४० लाख रुपैयाँसहित एक जना पक्राउ

0

काठमाडौं : काठमाडौंको नागढुंगाबाट श्रोत नखुलेको चालिस लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी पश्चिम पाल्हीनन्दन गाउँपालिका २ का ४० वर्षीय व्यास गुप्ता रहेका छन् ।

आज बिहान बुटवलबाट काठमाडौं आउँदै गरेको लु १ ख ८६५२ नम्बरको यात्रुबाहक बसमा सवार गुप्ताको झोलाबाट सो रकम बरामद भएको हो ।

रकम झोला र कम्मरमा पेटीमा लुकाई ल्याइरहेको अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ । बरामद भएको रकम हजार दशका चार हजार थान रहेका छन् । बरामद रकमबारे थप अनुसन्धान भैरहको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.