एक हजार रुपैयाँ घुस नदिँदा सेवाग्राही कुटिए

0

जनकपुरधाम, १३ साउन । यातायात व्यवस्था कार्यालय जनकपुरमा रु एक हजार घुस नदिएका कारण आज एक सेवाग्राही कर्मचारीकै हातबाट कुटिन पुगे । धनुषाको औरही–२ का सन्तोषकुमार यादव सवारी साधनको कर दाखिला गर्न कार्यालयमा गएपछि फाँटवाला खरिदार लक्ष्मण हुमागाईंले रु एक हजार घुस मागेका थिए ।
हुमागाईंले घुस मागेको गुनासो बोकेर कार्यालय प्रमुख रामकाजी खनालकहाँ यादव पुगे । रु एक हजार घुस मागेको जानकारी दिएपछि प्रमुख खनालले हुमागाईलाई फोन गरेर हप्काएका थिए । त्यसलगत्तै फाँटवाला हुमागाईं कहाँ पुगेका आफूलाई ‘घुस मागेको कुरा हाकिमलाई भन्ने’ भन्दै कठालो समातेर कुटपिट पीडित यादवले बताए । सेवाग्राही कुटिएपछि हुमागाईंलाई कार्यालय प्रमुखकोमा लगियो जहाँ उनले यादवसँग माफी मागे ।

Leave A Reply

Your email address will not be published.