नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार नाघ्यो, ३११४ संक्रमित थपिए

0

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३११४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको मन्त्रालयले बताएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ४ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३१४२ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख ४१ हजार १३४ पुगेको छ ।

Leave A Reply

Your email address will not be published.