ह्वाइट हाउसले लगायो डा. फाउचीमाथि राजनीतिक चलखेल गरेको आरोप

0

एजेन्सी : अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले प्रमुख सरुवा रोग विज्ञ डाक्टर एन्थोनी फाउचीमाथि राजनीतिक चलखेल गरेको आरोप लगाएको छ । चुनावको केही दिन अघि फाउचीले कोरोना भाइरस महामारी बारे दिएको एक अन्तर्वार्तालाई लिएर ह्वाइट हाउसले आलोचना गरेको हो ।

द वासिङ्गटन पोस्टमा प्रकाशित अन्तर्वार्तामा डा. फाउचीले अमेरिकालाई महामारीबाट ठूलो चोट लागेको बताएका थिए । उनले राष्ट्रपति ट्रम्प भन्दा स्पष्ट रुपमा पूर्व उपराष्ट्रपति जो बाइडेन महामारीलाई लिएर गम्भीर देखिएको र उनका चुनावी कार्यक्रमले पनि त्यसलाई संकेत गर्ने बताएकोमा ह्वाइटहाउसले आपत्ति जनाएको हो ।

डा. फाउचीले राष्ट्रपति चुनावमा बाइडेनलाई सहज बनाउने प्रयास गरेको अभियोग ह्वाइट हाउसले लगाएको छ । अन्तर्वार्तामा फाउचीले जाडो याममा महामारीले थप भयावह रुप लिन सक्ने चेतावनी दिएका छन् ।

अमेरिका कोरोनावाट विश्वमै सबैभन्दा बढि प्रभावित हुने देश हो । अमेरिकामा संक्रमितको संख्या ९४ लाख पुगेको छ । दुई लाख ३६ हजार भन्दा बढीको मृत्यु भएको छ ।

Leave A Reply

Your email address will not be published.