कोरोना संक्रमणबाट मृत्यु भएकाको संख्या यकिन गर्न समिति गठन

0

काठमाडौं : कोरोना संक्रमितको तथ्यांक सरकारले लुकाएको विवरण बाहिर आएपछि त्यसवारे छानविन गर्न समिति गठन भएको छ । संख्या यकिन गर्नका लागि यसअघि नै तीन सदस्य समिति गठन भएको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले जानकारी दिएका हुन् ।

समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह सचिव, इपिडोमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका महाशाखा प्रमुख र कोरोना संकट व्यवस्थापन केन्द्रका एकजना चिकित्सक सदस्य रहेको गौतमले बताए ।

सरकारी तथ्यांकमा मृतकको संख्या ९ सख्या साठी भएपनि वास्तविक संख्या १४ सयभन्दा माथि रहेको प्रदेशका सामाजिक विकास मन्त्रालयको तथ्यांक र सेनाले व्यवस्थापन गरेका शवको संख्याले देखाएको छ ।

मन्त्रालयका अनुसार संक्रमित भइ होम आइसोलेशनमा रहेकालाई परामर्श, रेखदेख, रेफर गर्ने लगायतका कार्य ७ सय ५३ वटै स्थानीय तहलाई जिम्मा दिइएको छ ।

Leave A Reply

Your email address will not be published.