सिरहामा धार्मिकस्थल बाहेकका ठाउँमा पूजापाठ तथा भिडभाड गर्न प्रतिवन्ध

0

सिरहा : जिल्ला प्रशासन कार्यालय सिरहाले धार्मिक स्थल बाहेकका ठाउँमा पुजा पाठ तथा भिडभाड नगर्न जिल्लाभर आदेश जारी गरेको छ । शनिबार राति देखि लागु हुनेगरी सार्वजनिक खेलकुद, नाच, मेला वा भिडभाड हुने कार्यक्रम गर्न प्रशासनले रोक लगाएको हो ।

त्यस्तै सभा, जुलुस वा प्रदर्शन हुने जस्ता कार्य नगर्न, चाडपर्व लगायतका धार्मिक तथा सांस्कृतिक स्थलहरुमा दैनिक नित्य पुजा, आराधना बाहेकका गतिविधि गर्न पनि रोक लगाइएको छ ।

तिहार छठका क्रममा मानिसहरु भेला हुँदा संक्रमण फैलिने जोखिमलाई ध्यानमा राखेर प्रशासनले यस्तो निर्णय गरेको हो । यो मंसिर १७ गतेसम्मका लागि गरिएको हो । सिरहामा शनिबार सम्म ८८ जना सक्रिय संक्रमितहरु रहेका छन् । संक्रमणका १७ जनाको मृत्यु् भैसकेको छ ।

Leave A Reply

Your email address will not be published.