अमेरिकामा कोरोना भाइरस संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढ्दै

0

एजेन्सी : अमेरिकाभर कोरोना भाइरस संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढ्दो क्रममा देखिएको छ । हिजो एकैदिन अहिलेसम्मकै धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको छ । एकै दिन १ लाख १ हजार ३ सय ५८ जनामा संक्रमण पुष्टि भएको हो ।

एकै दिन एक हजार ५५ जनाको मृत्यु भएको छ । पछिल्लो एक हप्तामा चार दिन ८० हजार भन्दा बढिमा संक्रमण पुष्टि भएको छ । शुक्रबार अमेरिकामा कुल संक्रमितको संख्या ९३ लाख भन्दा बढि पुगेको छ । मात्रै १४ दिनमा १० लाख संक्रमित थपिएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट विश्वमै सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या ९३ लाख १६ हजार कटेको छ । मृत्यु हुनेको संख्या दुई लाख ३५ हजार पाँच सय पुगेको छ । पछिल्लो समय इलिनोइज, इन्डियाना, मेन, मिसिगन, मिनेसोटा, न्यू मेक्सिको, नर्थ क्यारोलाइना, र ओहायोसहितका राज्यमा एकै दिन अहिलेसम्मकै धेरै संक्रमित पुष्टि भएका छन् ।

राष्ट्रपति चुनावको दिन नजिकिँदै जाँदा अस्पताल भर्ना हुनु पर्ने संक्रमितको संख्या पनि बढ्दो क्रममा छ । नोभेम्बर तीनमा हुने चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले चुनौती दिँदै छन् ।

ट्रम्पले भिडभाड युक्त चुनावी सभा जारी राखेका छन् । बाइडेनले भने भौतिक दूरी कायम गरी तुलनात्मक रुपमा साना सभा गर्ने गरेका छन् ।

Leave A Reply

Your email address will not be published.