तीन वर्षमा एक सयभन्दा बढीले झुन्डिएर आत्महत्या गरे

0

दमक, १२ साउन । झापाको दमक आसपासका क्षेत्रमा पछिल्ला तीन वर्षमा १०३ जनाले झुन्डिएर आत्महत्या गरेका छन् । इलाका प्रहरी कार्यालय दमकले सार्वजनिक गरेको त्रिवर्षीय कार्यतालिका अनुसार आव २०७१-७२ मा सबैभन्दा बढी ३९ जनाले आत्महत्या गरेका छन् ।
त्यस्तै, आव ०७०-७१ मा ३८ तथा ०६९-७० मा २६ जनाले झुन्डिएर आत्महत्या गरेको उल्लेख छ । साथै, पछिल्लो तीन आवभित्र २७ जनाले विष खाएर आत्महत्या गरेका छन् । सोही अवधिमा यी क्षेत्रमा घटेका विभिन्नखाले सवारी दुर्घटनामा परी ५८ जनाले ज्यान गुमाएका छन् ।
आव २०७१-७२ मा १८ जनाको सवारी दुर्घटनामा परी ज्यान गएको छ । त्यस्तै आव २०७०-७१ मा १३ तथा ०६९-७० मा २७ जनाले ज्यान गुमाएका थिए । आव ०७१-७२ मा सबै प्रकारका २३० वटा मुद्दा दर्ता भएका इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब निरीक्षक ईश्वर कार्कीले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.