प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

0

एजेन्सी : अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको मृत्यु भएपछि तनाव बढेको छ । सोमबार प्रहरीको गोली लागेर २७ वर्षका अश्वेत व्यक्ति वाल्टिर वालासको मृत्यु भएपछि प्रदर्शन चर्किएको हो ।

घटनापछि आक्रोशित स्थानीयले प्रहरी विरुद्ध प्रदर्शन गरेका छन । प्रहरी र प्रदर्शनकारीबिच भएको झडपमा तीस सुरक्षाकर्मी घाइते भएका छन् । प्रदर्शन चर्कदै गएपछि सो शहरमा थप प्रहरी तथा नेशनल गार्ड खटाइएको छ ।

प्रहरीले भने हातमा रहेको चक्कु छोड्न गरिएको आग्रह अस्वीकार गरेका कारण वाल्टरमाथि गोली चलाउनु परेको जनाएको छ । घटनाको अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।

फिलाडेल्फियाका नगर प्रमुख जिम केन्नीले गोलीकाण्डको भिडियोले कठीन प्रश्न उब्जाएको भन्दै जवाफ खोजिनुपर्ने बताएका छन । केही समय अघि मिनेसोटामा पनि अस्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाभर प्रदर्शन चर्केको थियो ।

Leave A Reply

Your email address will not be published.