अर्मेनिया-अजरबैजान युद्ध : ७२९ अर्मेनिया सैनिकको मृत्यु

0

एजेन्सी : सीमा क्षेत्रलाई लिएर भएको अजरबैजानसँग भएको भिडन्तको क्रममा मृत्यु हुने अर्मेनियाका सैनिकको संख्या ७ सय २९ पुगेको छ । सोमबार भएको भिडन्तमा मात्रै १९ सैनिकको मृत्यु भएको हो ।

अर्मेनियाको रक्षा मन्त्रालयले मृत्यु हुनेको संख्या बढ्नसक्ने भन्दै संख्या यकिन हुन अझै बाँकी रहेको जनाएको छ । अजरबैजानले भने अहिलेसम्म भिडन्तमा मृत्यु हुनेको संख्या सार्वजनिक भएको छैन ।

भिडन्त सकिएपछि हताहतीको जानकारी सार्वजनिक गरिने अजरबैजानले बताउदै आएको छ । दुई देशबिच मानवीय सहायताका लागि युद्धविरामको सहमति भएपनि त्यसको पालना भएको छैन ।

दुई देशबीच नागोर्नो–काराबाख क्षेत्रलाई लिएर केही समयदेखि भिडन्त भइरहेको छ । सोही क्षेत्रलाई लिएर सन् १९९० को दशकको सुरुमा भएको सीमा भिडन्तमा दशौँ हजार मानिसको मृत्यु भएको थियो ।

Leave A Reply

Your email address will not be published.