अहिलेकै व्यवस्थामा पाँच लाख मेट्रिकटन मल ल्याउन सम्भव छैन : कृषिमन्त्री भुसाल

0

काठमाडौं : कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले अहिलेकै व्यवस्थामा पाँच लाख मेट्रिकटन मल ल्याउन सम्भव नभएको बताएका छन् । शुक्रबार ४० औं विश्व खाद्य दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले तत्काल ५ लाख मेट्रिक टन मल ल्याउन भगवान शिव वा ब्रम्हा आएपनि नसक्ने बताएका हुन् ।

मन्त्री भुषालले कलकत्ताबाट आजकै व्यवस्था र तरिकाले ल्याउने हो भने दिनदिनै एउटा ‘डेडिकेटेड’ रेल आउने व्यवस्था गर्नुपर्ने बताए । मन्त्री भुसालले कृषि व्यवस्थाको परिवर्तन नभएसम्म नेपालको कृषि क्षेत्रको विकास सम्भव नभएको पनि बताए ।

कृषि व्यवस्थालाई परिवर्तन गर्नका लागि पछिल्लो समय व्यक्तिगत प्रतिस्पर्धामा आधारीत अनुदानलाई रोकेर इनपुटमा आधारीत लगानी गरिने व्यवस्था गरिएको उनले बताए । किसानलाई बैंकको ब्याजदरमा अनुदान दिने बाहेक सरकारले केहीगर्न नसकेको उनको स्वीकारोक्ति थियो ।

कार्यक्रममा लकडाउन तथा निषेधाज्ञाको समयमा विभिन्न स्थानमा निःशुल्क खाना खुवाउने व्यक्ति तथा समूहहरुलाई मन्त्री भुसालले सम्मान गरेका थिए ।

Leave A Reply

Your email address will not be published.