बुढीगण्डकीमा भ्रष्टाचारको आरोप निराधार : प्रधानमन्त्री

0

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुढीगण्डकी विद्युत आयोजनाबारे गैर जिम्मेवारपूर्ण अभिव्यक्ति दिएको आरोप लगाएका छन् । ६५ औँ प्रहरी दिवसको अवसरमा नक्सालमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्णय नभएको र कसैले नलिएको आयोजनामा यति अर्ब बाँडेर खाए भन्दै निराधार कुरा गरेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले देश र जनतालाई गलत सूचना दिएर पूर्व प्रधानमन्त्री भट्टराईले भड्काउने कुचेष्टा गरेको समेत आरोप लगाए ।

पूर्व प्रधानमन्त्री भट्टराईले केही दिनअघि प्रधानमन्त्री ओली सहितका नेताले बुढीगण्डकी आयोजनामा नौ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको दावी गरेका थिए । प्रधानमन्त्री ओलीले बलात्कारजस्ता अत्यन्त अमानवीय अपराधका विरुद्ध चाँडै नै नयाँ कानुन आउने पनि बताए ।

बलात्कारजस्ता घटनामा मिलापत्र गरेर अपराधी छाड्ने र छोडाउनेहरुलाई कानुनी कारबाहीका लागि पछि नहट्न पनि प्रधानमन्त्री ओलीले प्रहरीलाई निर्देशन दिए ।

Leave A Reply

Your email address will not be published.