साउनमा संविधान नआए कहिल्यै आउँदैन : सभामुख

0

काठमाडौं, १० साउन । यदि साउनभित्र संविधान जारी भएन भने संविधान कहिले जारी हुने हो , भन्न सकिदैन । संविधान जारी गर्ने मिति अनिश्चित हुने बताएका छन । उनले गत जेठमा प्रमुख दलहरुका बीच भएको सोह्र बुँदे सहमतिकै आधारमा संविधान जारी हुने बताएका छन । सीमाङ्कन र नामाङ्कन सहितको संविधान साउन भित्रै जारी गर्न सकिने दावी गर्दै नेम्वाङ्गले भने – “दलहरुका बीचमा भएको सोेह्र बुँदेलाई टेकेर नै संविधान जारी हुन्छ । दलहरुले अब सहमति गर्नु पर्ने छैन, निर्णय मात्र गरे पुग्छ । निर्णय गर्नलाई दुई घण्टा पनि लाग्दैन” ।
“जनताको राय सुझाव पछि नेकपाए एमाललेले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीलाई जोड दिए पनि यो एमालेको राजनैतिक मुद्धा मात्र हुन सक्छ । यही विषयलाई लिएर एमाललेले संविधान जारी गर्नमा समस्या देखाउछ जस्तो मलाई लाग्दैन “उनले भने । आज ईमेज एफएमको कार्यक्रम आजको सन्दर्भका लागि सरोज अधिकारीसंग कुरा गर्दै नेम्वाङ्गले भने-” दलहरुमा छिनछिनमा जुङ्गा पलाउने गरेको छ । मैले सार्वजनिक रुपमै भनेको छु, यो अबस्थामा तपाईहरुमा जुङ्गा नपलाओस् ।”
मस्यौता तयार गर्नु पूर्व नै नेपली कांग्रेस,एमाले , एमाओवादी र मधेशी मोर्चाका साथीहरुले आफ्ना केही अडानहरु छाडेको बताउदै नेम्वाङ्गले भने -छाडेका पुराना मुद्धाहरुलाई जनताका नाममा अहिले उठाउने हो भने संविधान बन्दैन ।’ “दलहरुले हामीले चाहेको यस्तो थियो ,सहमतिका लागि यसो गर्यौ , भनेर रेकर्डमा राख्न मुद्धा उठाउनु ठीक छ तर यसैबाट विवाद झिक्नु गलत हो ,”सभामुख नेम्वाङ्गले भने ।

Leave A Reply

Your email address will not be published.