महिला शोषणविरुद्ध ‘विश्वास’

0

काठमाडौं, १० साउन । ‘विश्वास नेपाल’ नामक सामाजिक संस्थाले आज जनचेतनामूलक सडक नाटक ‘विश्वास’ गौशालामा प्रदर्शन गरेको छ । स्थानीय डान्स तथा क्याबिन रेस्टुराँमा कार्यरत महिलाको अधिकारका लागि क्रियाशील सो संस्थाले महिला हिंसा तथा यौन हिंसाविरुद्ध देखाएको सो नाटकमा महिलाविरुद्ध हुने विभेद तथा शारीरिक र मानसिक हिंसाका कारण समाजमा अराजकता अशान्ति उत्पन्न हुने विषयवस्तु देखाइएको छ ।
सोही नाटक छिट्टै ठमेल, सुनधरालगायतका स्थानमा समेत प्रदर्शन गरिनेछ । सो संस्थाका कार्यक्रम अधिकृत मधु गुरुङले समाजमा महिलामाथि हुने गरेका विभिन्न किसिमका हिंसा न्यूनीकरण गरी समानतामूलक समाज निर्माणमा सहयोग पु-याउने उद्देश्यले नाटक प्रदर्शन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार आगामी दिनमा काठमाडौँ उपत्यका बाहिरका अन्य जिल्लामा समेत प्रदर्शन गरिने छ । नेपालमा डान्स तथा क्याबिन रेस्टुराँमा ६० हजार महिला कार्यरत रहेको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.