हुम्लाको उत्तरी क्षेत्र चार दिनदेखि सञ्चारविहीन

0

हुम्ला : हुम्लाको उत्तरी क्षेत्र चार दिन देखि सञ्चारविहीन बनेको छ । सिमकोट गाउँपालिका वडा आठको धारापोरीमा रहेको नेपाल टेलिकमको टावरमा समस्या आएपछि सञ्चार सम्पर्क टुटेको हो ।

टेलिकमले टावर मर्मतमा चासो नदिदा खोल्सी, डाडाफया, चौगनफया, धिगा, हेप्का लगायतका गाँउ सञ्चार सुबिधावाट बन्चित भएका छन् ।

नेपाल टेलिकमले गुणस्तरिय सेवा नदिदा हुम्लाका बासिन्दाले पटक पटक सास्ती व्यहोर्नु परिरहेको छ । टेलिकमले भने समस्या समाधानका लागि पहल भैरहेको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.