कर्णालीका मुख्यमन्त्रीले हटाए प्रमुख सचेतक

0

काठमाडौं : कर्णाली प्रदेशका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गुलाबजङ्ग शाहलाई प्रमुख सचेतकको जिम्मेवारीबाट हटाएका छन् । मुख्यमन्त्री शाहीले शाहको ठाउँमा सांसद सीता नेपालीलाई नियुक्त गरेका छन् । नेपाली यसअघि सचेतक थिइन् ।

कामकारबाही सन्तोषजनक नभएको भन्दै शाहलाई सोमबार प्रमुख सचेतकबाट हटाइएको मुख्यमन्त्री शाहीले जानकारी गराएका छन् । ‘प्रदेश सभा दलको विधान ७ बमोजिम प्रदेश सभा प्रमुख सचेतकमा नियुक्त गरिएकोमा तपाईंका कामकारबाही सन्तोषजनक नभएकोले जिम्मेवारबाट मुक्त गरिएको छ,’  संसदीय दलका नेता शाहीले लेखेको पत्रमा भनिएको छ ।

आइतबारमात्रै नेकपाका १८ जना सांसद दलका नेता शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरएका थिए । सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपाको कर्णाली प्रदेशको विवाद उत्कर्षमा पुगेको छ। सोमबार बिहानै मात्र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरूले छलफल गरेका थिए।

Leave A Reply

Your email address will not be published.