मुख्यमन्त्री शाहीविरुद्धको अविश्वास प्रस्तावबारे ओली–दाहाल छलफलमा

0

काठमाडौं : प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध अविस्वास प्रस्ताव दर्ता भएपछिको परिस्थितीवारे दुई अध्यक्ष छलफलमा जुटेका हुन् ।

कर्णाली प्रदेश सभामा रहेका नेकपाका ३३ सांसदमध्ये बहुमत १८ जनाले शाहीबिरुद्व आइतबार नेकपा संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गराएका छन् । अविश्वास प्रस्ताव फिर्ता गराउने र सहमति जुटाउने प्रयासमा दुई अध्यक्षबीच छलफल भैरहेको बताइएको छ ।

दुई अध्यक्षबीच तीन रिक्त मन्त्रालयमा मन्त्री नियुक्ति गर्ने विषयमा पनि कुराकानी हुने बताइएको छ । नेकपाको ६ असोजमा बसेको सचिवालयको बैठकले १० दिन भित्र पार्टी एकताको बाँकी काम सक्ने प्रस्ताव तयार पार्न अध्यक्षद्वय र महासचिवलाई जिम्मेवारी तोकेको थियो । निर्धारित समय वितिसकेपनि प्रस्ताव तयार भएको छैन ।

Leave A Reply

Your email address will not be published.