ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५० हजार नाघ्यो

0

एजेन्सी : दक्षिण अमेरिकी देश ब्राजिलमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख पचास हजार नाघेको छ । कोरोना भाइरसका कारण विश्वमा सबैभन्दा धेरैको मृत्यु हुनेको सुचिमा ब्राजिल दोस्रो स्थानमा छ ।

ब्राजिल मृत्युदरमा अमेरिकापछि दोस्रो स्थानमा छ । यस्तै संक्रमितको संख्या अमेरिका र भारतपछि ब्राजिलमा धेरै छन् । अहिलेसम्म ब्राजिलमा १ लाख ५० हजार २ सय भन्दा बढीको संक्रमणबाट मृत्यु भएको छ ।

संक्रमितको संख्या ५० लाख ९१ हजार भन्दा बढी छ । ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोमाथि कोरोना भाइरसको महामारीको व्यवस्थापनमा कमजोर प्रयास गरेको आरोप लाग्दै आएको छ ।

अहिलेसम्म विश्वमा कोरोना भाइरस संक्रमण ३ करोड ७४ लाख ५८ हजार भन्दा बढीमा पुष्टि भएको छ । संक्रमितमध्ये १० लाख ७७ हजार भन्दा धेरैको मृत्यु भएको छ । अमेरिकामा २ लाख १९ हजार र भारतमा १ लाख ८ हजारले ज्यान गुमाएका छन् ।

Leave A Reply

Your email address will not be published.