लेबनानको बेरुतमा तेल ट्यांकर विष्फोट, ४ जनाको मृत्यु, २० भन्दा बढी घाइते

0

एजेन्सी : लेबनानको राजधानी बेरुतमा तेल ट्यांकर विष्फोट हुँदा चार जनाको मृत्यु भएको छ । विष्फोटमा परे २० जनाभन्दा बढी घाइते भएका छन् । तारिक अल जिद्दे जिल्लामा ट्यांकरमा अचानक आगो लागेपछि विष्फोट भएको प्रतक्ष्यदर्शीले बताएका छन् ।

साँघुरो सडकमा भएको स्थानमा विष्फोट लगत्तै आगोको मुस्लो फैलिएको थियो । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आगो लाग्नुको कारणबारे केही खुल्न सकेको छैन ।

गम्भीर आर्थिक संकट र कोरोनाभाइरस महामारीलाई लिएर मानिसहरूमा असन्तुष्टि बढ्दै गएको बेला यो घटना भएको हो । यसअघि अगस्टमा बन्दरगाह क्षेत्रमा आणविक प्रशोधन केन्द्रमा विष्फोट हुँदा दुईसय भन्दा बढीको मृत्यु भएको थियो ।

Leave A Reply

Your email address will not be published.