भर्चुअल बहसमा सहभागी नहुने ट्रम्पको अडान

0

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भर्चुअल बहसमा सहभागी नहुने बताएपछि आउँदो साता र त्यसपछि हुने तेस्रो राष्ट्रपतीय बहस समेत अन्योलमा परेको छ । डेमोक्रेट प्रतिस्पर्धी जो बाइडेनसँगको निर्धारित बहस इन्टरनेटको माध्यमबाट गरिने बताइएपछि ट्रम्पले आफूलाई त्यो मान्य नहुने बताएका हुन् ।

अक्टोवर पन्ध्र तारिखमा हुने दोस्रो बहस ’स्वास्थ्य र सुरक्षाको निम्ति दुबै प्रतिस्पर्धीलाई फरक स्थानवाट सहभागी गराउने आयोजकले बताएका थिए । त्यसबाट आक्रोशित राष्ट्रपति ट्रम्पले कम्प्युटरको पछाडि बसेर गरिने भर्चुअल बहस हास्यास्पद भन्दै सहभागी नहुने बताएका हुन् ।

जो बाइडनले भने राष्ट्रपति ट्रम्पमाथि हरेक सेकेन्ड धारणा फेर्ने गरेको आरोप लगाएका छन् । उनको चुनावी अभियान समूहले ट्रम्पमाथि मतदाताको प्रश्नको सामना गर्न नचाहेको आरोप लगाएको छ ।

ट्रम्पका अभियानकर्ताहरूले भर्चुअल बहसको सट्टामा ट्रम्पले चुनावी र्‍याली आयोजना गर्ने बताएका छन । कोरोना संक्रमित राष्ट्रपति ट्रम्प सक्रमित पुष्टि भएको दशौं दिन अर्थात भोलीदेखि काममा फर्कन योग्य रहेको उनको चिकित्सकले बताएका छन् ।

सोमवार अस्पतालबाट ह्वाइटहाउस फर्किए यता राष्ट्रपति डोनल्ड ट्रम्प सार्वजनिक रूपमा देखा परेका छैनन् । अमेरिकामा नोभेम्बर तीन तारिखमा राष्ट्रपतिको चुनाव हुँदैछ ।

Leave A Reply

Your email address will not be published.