ट्रम्पद्वारा चुनाव जितेपछि मात्रै कोरोना प्रभावितलाई प्याकेज ल्याउने प्रतिक्रिया

0

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना प्रभावितलाई राहत दिने गरी संसादमा अघि बढाउन लागिएको अध्यादेश सम्बन्धी छलफल स्थगित गरेका छन् । उनले ट्विट गर्दै अब यस सम्बन्धी छलफल चुनाव पछि मात्रै अघि बढने जनाएका हुन् ।

आफुले चुनाब जितेर गज्जबको राहत प्याकेज सम्बन्धी अध्यादेश पारित राष्ट्रपति ट्रम्पले प्रतिबद्धता जनाएका छन । ट्रम्पको घोषणापछि शेयर बजारमा एक प्रतिशत गिरावट आएको छ । विपक्षी डेमोक्रेटका राष्ट्रपतिका उम्मेद्वार जो बाइडेनले राष्ट्रपति ट्रम्प नागरिक दायित्वबाट विमुख भएको टिप्पणी गरेका छन् ।

डेमोक्रेट सभामुख र अर्थमन्त्रीबीच बजेटसम्बन्धी वार्ता जारी छ । सभामुख न्यान्सी पेलोसीले २० खर्ब डलरको सहायता प्याकेजमा जोड दिएकी छन् । रिपब्लिकन सिनेटरहरूले त्यसको आधाभन्दा बढी रकमको प्याकेजमा समर्थन नगर्ने संकेत दिएका छन् ।

ट्रम्पले डेमोक्रेट सभामुख पेलोसीमाथि सहमतिको उचित प्रयास नगरेको आरोप लगाउँदै आफ्नो समूहलाई वार्ता अन्त्य गर्न आग्रह गरेका हुन् ।

तर पेलोसीले राष्ट्रपतिले देशभन्दा आफूलाई प्राथमिकतामा राखेको बताउँदै त्यसको प्रतिवाद गरेकी छिन् । महामारिका कारण गत अगस्टमा अमेरिकाले अन्तर्राष्ट्रिय व्यापारमा १४ वर्षयताकै किर्तिमानी घाटा व्यहोरेको छ ।

Leave A Reply

Your email address will not be published.