भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्यो

0

एजेन्सी : भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । पछिल्लो २४ घण्टामा एक हजार ६९ जनाको मृत्यु भएसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ८ सय ७५ पुगेको हो ।

भारतमा शुक्रबार ७९ हजार ७ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज विहानसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६४ लाख ७३ हजार ५ सय ४४ पुगेको छ ।

अहिलेसम्म ५४ लाख २७ हजार निको भएका छन् । संक्रमण पहिचानका लागि भारतमा ७ करोड ७० लाखभन्दा बढी नमुना परीक्षण गरिएको छ । कोरोना संक्रमणबाट एक लाखभन्दा बढी मृत्यु हुने भारत तेस्रो मुलुक बनेको छ ।

अमेरिकामा कोरोना भाइरसबाट करिब २ लाख १३ हजार जनाको मृत्यु भएको छ भने ब्राजिलमा एक लाख ४५ हजारभन्दा बढीको मृत्यु भएको छ । कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा हालसम्म ७३ लाख ३२ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

ब्राजिलमा ४८ लाख ८२ हजारमा संक्रमण पुष्टि भएको छ । हालसम्म विश्वभर करिब ३ करोड ४८ लाख जनामा कोरोना पुष्टि भएको छ भने १० लाख ३३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

Leave A Reply

Your email address will not be published.