प्रदेश ५ को राजधानी दाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव पेश

0

बुटवल : प्रदेश पाँचको नाम लुम्बिनी र राजधानी दाङमा राख्ने प्रस्ताव प्रदेश सभा बैठकमा पेश भएको छ । शुक्रबार बसेको प्रदेशसभाको बैठकमा प्रदेश ५ का आन्तरिक मालिक तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेश पाँचको राजधानी र नामाकरणबारे प्रस्ताव पेश गरेका हुन् ।

प्रदेश ५ को राजधानी भने दाङको राप्ती उपत्यका देउखुरी क्षेत्रमा रहने प्रस्ताव पनि गरिएको छ । त्यस्तै गौतमबुद्धको जन्मस्थल लुम्बिनीको साझा चिनारिको रुपमा प्रदेशको नाम लुम्बिनी प्रस्ताव परिएको मन्त्री केसीले बताए ।

मन्त्री केसीले राजधानी र नामाकरणबारे प्रस्ताव पेश गरेलगत्तै प्रतिपक्षी कांग्रेसका सांसदहरुले उठेर विरोध गरेका थिए । उनीहरुले प्रदेशको प्रस्तावले आफुहरुको चित्त दुखेको बताए ।

उक्त प्रस्तावमाथिको छलफलका लागि प्रदेशसभाको बैठक सोमबार बोलाइएको छ । राजधानी र नामाकरणका लागि दुई तिहाई मत चाहिन्छ । प्रदेश सभामा नेकपाको दुईतिहाई मत रहेको र केन्द्रबाटै ह्विप जारी भएकोले राजधानीको विषयमा मत पूरा हुने देखिएको छ । यसअघि राजधानीका विषयमा सांसदहरू विभाजित थिए ।

Leave A Reply

Your email address will not be published.