खतिवडालाई राजदूतमा सिफारिस गरिएपछि नेकपामा बल्झियो विवाद, भोलि सचिवालय बैठक आह्वान

0

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोलि बस्ने भएको छ । आज विहान प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबिच बालुवाटारमा भएको छलफलपछि सचिवालय बैठक बोलाइएको हो । बैठक शनिवार अपरान्ह चार बजेका लागि बोलाइएको छ ।

सरकारले बिहीबार पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाको राजदूतमा सिफारिस गर्ने र शंकरदास बैरागीलाई मुख्यसचिव बनाउने लगायतका निर्णय पार्टीमा छलफल नगरेर गरेको भन्दै आलोचना भएपछि सचिवालय बैठक बोलाइएको हो ।

सरकारको निर्णयप्रति सचिवालय सदस्यहरु माधब नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतले असन्तुष्टि ब्यक्त गरिसकेका छन । सरकारको निर्णयको विषयमा अध्यक्ष दाहालले समेत प्रधानमन्त्री ओलीसँग असन्तुष्टि जनाएको बुझिएको छ ।

मन्त्रिपरिषद पुर्नगठनका मापदण्डका विषयमा पनि दुई अध्यक्षबीच सहमति जुटन नसकेकाले सचिवालयले पनि सो विषयमा पुनः प्रवेश पाउने अनुमान गरिएको छ ।

Leave A Reply

Your email address will not be published.