अजरबैजानका राष्ट्रपतिको चेतावनी- हाम्रो भूमीबाट अर्मेनियाका सेना नहटेसम्म युद्ध जारी रहन्छ

0

एजेन्सी : अजरबैजानका राष्ट्रपति इल्हाम एलिएभले आफ्नो भूमीबाट अर्मेनियाका सेना नहटेसम्म युद्ध जारी रहने चेतावनी दिएका छन । विवादास्पद नागोर्नो काराबाख क्षेत्रमा चौथो दिन पनि भीषण युद्ध भएपछि राष्ट्रपति एलिएभको यस्तो प्रतिक्रिया आएको हो ।

उनले युद्ध अन्त्यका लागि अर्मेनियाको सेनाले निशर्त तत्काल सो भूमी छाडनुपर्ने बताए । दुई देशविच आइतवारदेखि जारी युद्धमा एक सय भन्दा बढी सैनिको मृत्यु भैसकेको छ । यसैविच टर्कीले अजरबैजान र अमेर्नियाबीच शान्ति वार्ताको मध्यस्थता गर्ने प्रस्ताव गरेको छ ।

रुसी विदेशमन्त्री सेर्जेई लाभरोभले पनि युद्ध तत्काल अन्त्य गर्न आग्रह गर्दै शान्तिवार्ताको मध्यस्थता गर्न मस्को तयार रहेको बताएका छन । नागोर्नो काराबाख क्षेत्रलाई लिएर दुई देशविच लामो समयदेखि विवाद छ ।

सो क्षेत्र अजरबैजानको भएपनि अर्मेनियाको जातीय समुहले नियन्त्रणमा राखेको छ । सो भुमिलाई लिएर अजरबैजान र अर्मेनियाविच १९८८ देखी १९९४ सम्मपनि युद्ध भएको थियो ।

Leave A Reply

Your email address will not be published.