भतिजी रुखमा र काका फेदमा मृत अवस्थामा भेटिए

0

काठमाडौं, ९ साउन । नातामा काका र भतिजी नाता पर्ने दुईजना एकै ठाउँमा यहाँ शुक्रवार मृत अवस्थामा फेला परेका छन् । पिपलधारा ८ का ३८ वर्षीय बेलबहादुर मुखिया र उनकै भाई पर्नेकी छोरी अन्दाजी १६ वर्षीया सीता मुखिया मृत फेला परेका हुन् । प्रहरी निरीक्षक रामप्रसाद पौडेलका अनुसार खन्युको रूखमा झुण्डिएको अवस्थामा सीता र त्यसकै फेदमा बेलबहादुर मृत अवस्थामा भेटिएका हुन् ।
‘थप सोधपुछ र अनुसन्धान गर्दैछौं’, उनले भने । युवती बीच भागमा झुण्डिएको र झण्डै तीन मिटर तल रुखको फेदमै काका मृत अवस्थामा फेला परेका हुन् । परिवारका अनुसार दुवैको घर नजिकनजिकै छ । गाउँमा दुवैको घर पैंचो लेनदेन गर्ने घर भएकाले सीता बेलबहादुरको घरमा पैंचो तिर्न पुगेकी थिइन् ।

Leave A Reply

Your email address will not be published.