भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९४ हजार ५ सय नाघ्यो

0

एजेन्सी : भारतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९४ हजार कटेको छ । हिजो एक हजार १ सय २३ जनाको मृत्यु भएसँगै कोरोनावाट ज्यान गुमाउनेको संख्या ९४ हजार ५ सय ३३ पुगेको हो ।

भारतमा एकैदिन ८८ हजार ९ सय ४२ संक्रमित थपिएका छन् । योसँगै संक्रमित संख्या ५९ लाख ९० हजार ५ सय भन्दा बढी भएको छ । त्यहा सक्रिय संक्रमितको संख्या भने ९ लाख ५७ हजार भन्दा बढी छ । ४९ लाख ३८ हजार निको भैसकेका छन् ।

भारतमा सबैभन्दा बढी महाराष्ट्र प्रदेश प्रभावित भएको छ भने त्यसपछि क्रमशः कर्नाटक, अन्द्र प्रदेश, उत्तर प्रदेश र तमिल नाडु अग्रस्थानमा रहेका छन् ।

हालसम्म विश्वभर कूल संक्रमित संख्या तीन करोड ३० लाख ४१ हजार नाघेको छ । दुई करोड ४३ लाख ९५ हजार मानिस निको भएका छन । ७६ लाख ४८ हजार ६१ सक्रिय संक्रमितमध्ये ६५ हजार ३ सय भन्दा बढी गम्भिर विरामी छन् ।

संक्रमितमध्ये नौ लाख ९८ हजार भन्दा बढीको मृत्यु भएको छ । सबैभन्दा बढी अमेरिकामा दुई लाख नौ हजारको मृत्यु भएको छ । ब्राजिलमा एक लाख ४१ हजार भन्दा बढीले ज्यान गुमाएका छन् ।

Leave A Reply

Your email address will not be published.