भारतमा एकैदिन थपिए ८५ हजार बढी कोरोना संक्रमित

0

एजेन्सी : भारतमा कोरोना भाइरसबाट संक्रमितको कूल संख्या ६० लाख नजिक पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा त्यहाँ ८५ हजार ४ सय ६८ नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ५९ लाख एक हजार ५ सय नाघेको हो ।

संक्रमितमध्ये ४८ लाख ४६ हजार १ सय ६८ जना रोगमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ९ लाख ६१ हजार ९ सय भन्दा बढी छ । तिमध्ये आठ हजार ९ गम्भीर छन् । हिजो एकैदिन भारतमा एक हजार ९३ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९३ हजार ४ सय १० पुगेको छ ।

Leave A Reply

Your email address will not be published.