आज गणेशमान स्मृति दिवस मनाइँदै

0

काठमाडौं : नेपाली राजनीतिका आदर्श पुरुष एवं जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको २३ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ । दिवसका अवसरमा नेपाली कांग्रेस र उसका भातृ संगठनले देशभर सामाजिक दुरी सहित विभिन्न कार्यक्रम आयोजना गर्दैछन् ।

१९७२ साल कार्तिकमा जन्मिएका गणेशमानको २०५४ साल असोज २ गते निधन भएको थियो । लौह पुरुषका नामले समेत चिनिएका उनले नेपालमा प्रजातन्त्र प्राप्तिका लागि राणाकालदेखि कठोर संघर्ष गरेका थिए ।

उनले वीपी कोइरालासँग मिलेर नेपाली कांग्रेसको स्थापना गरेका थिए । २०४६ सालमा प्रजातन्त्र आएपछि प्राप्त भएको प्रधानमन्त्रीको पद समेत अस्वीकार गरेका सिंहलाई त्यागी नेताको रुपमा लिने गरिन्छ ।

Leave A Reply

Your email address will not be published.