जापानको प्रधानमन्त्रीमा योशिहिदे सुगा निर्वाचित

0

एजेन्सी : जापानको प्रधानमन्त्रीमा योशिहिदे सुगा निर्वाचित भएका छन् । बुधबार जापानको तल्लो सदनले सुगालाई प्रधानमन्त्रीको रूपमा चयन गरेको हो । बुधबार भएको मतदानमा सुगाले जित हासिल गर्दै प्रधानमन्त्रीको पदमा निर्वाचित भएका हुन् ।

गएको महिना शिन्जो आबेले स्वास्थ्यका कारण प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए । ७१ वर्षका योशिहिदे यसअघिको मन्त्रीपरिषदमा मन्त्रीपरिषद सचिवको भूमिकामा थिए । उनी आबेका नजिकका सहयोगी हुन् । 

यसअघि गत सोमबार सत्तारुढ पार्टी लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)ले उनलाई आफ्नो नेता चयन गरेको थियो । यससँगै सुगा जापानको नयाँ प्रधानमन्त्री बन्न निश्चितजस्तै भएको थियो ।

Leave A Reply

Your email address will not be published.