कुलमान घिसिङको समर्थनमा प्रदर्शन

0

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा आज काठमाडौंको जोरपाटीमा जुलुस प्रदर्शन गरिएको छ । योग्यता र क्षमता हुँदा हुँदैपनि उनलाई प्राधिकरणको कार्यकारी निर्देशनकमा निरन्तरता नदिइएको भन्दै जुलुस प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा सहभागीहरुले कुलमान जतिको योग्य मानिसलाई निरन्तरता नदिएको भन्दै सरकारविरुद्ध चर्को नाराबाजी समेत गरेका छन् ।

नेपाललाई लोडसेडिङ मुक्त गराएका घिसिङ भदौ २८ गतेवाट पदमुक्त भएका हुन् । उनको मंगलबार विद्युत प्राधिकरणले विदाइ गरेको थियो ।

२०५१ सालमा सातौं तहको इन्जिनियरबाट नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।

Leave A Reply

Your email address will not be published.