थप चार सेनिटाइजर उत्पादक कम्पनी कारबाहीमा

0

काठमाडौं : औषधि ब्यवस्था विभागले थप चार सेनिटाइजर उत्पादक कम्पनीलाई कारबाही गरेको छ । स्वास्थ्यमा गम्भीर असर पर्ने विषाक्त रसायन मिथानोल भेटिएपछि विभागले ति उद्योगमाथि कारबाही गरेको हो ।

कारबाहीमा पर्नेमा चीनको ग्वाङझाओ ओबोपेकल फाइन केमिकल कम्पनी, सम्पदा हेल्थकेयर ललितपुर, आरएल कर्प इण्डिया र श्रीनाथ हर्बल एण्ड कस्मेटिक इण्डस्ट्री काठमाडौं रहेका छन् । चारवटै कम्पनीको सेनिटाइजरमा विषाक्त मिथानोल समावेश भएको पाइएको विभागले जनाएको छ ।

विभागले चारवटै कम्पनीमा सेनिटाइजर सर्वसाधारणले प्रयोग नगर्न नराउन र उत्पादन तथा बिक्रीवितरण अबिलम्ब रोक्न पनि निर्देशन दिएको छ ।

यसअघि विभागले पाँच उद्योगलाई कारबाही गरेको थियो । तिमा पनि तोकिएको इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर सम्बन्धी स्तर २०७६ विपरित विषाक्त रसायन मिथानोल मिसाइएको पाइएको थियो ।

मिथानोल छालामा प्रयोग गर्न सरकारले यसअघि नै प्रतिबन्ध लगाइसकिएको छ । यो मानव स्वास्थ्यका लागि हानिकारक छ । यसलाई लामो समयसम्म प्रयोग गरे क्यान्सरसमेत निम्त्याउन सक्ने सम्भावना हुने चिकित्सक बताउँछन् ।

Leave A Reply

Your email address will not be published.