कास्कीमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

0

कास्की : कास्कीमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । कास्कीको अन्नपुर्ण गाँउपालिका एक निवासी ६३ वर्षीया महिलाको आज बिहान वीरेन्द्र अस्पताल छाउनी काठमाडौंमा मृत्यु भएको हो ।

ब्रेन टुयुमर तथा मृगौलाको समस्या भई अस्पतालमा उपचाररत महिलामा भाद्र १९ गते कोरोना पुष्टि भएको थियो । योसँगै गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।

गण्डकीमा आज थप ४९ जनामा संक्रमण पुष्टि भएको छ । चितवन र पोखरामा गरिएको परीक्षणमा कास्कीका ३१ जना, बाग्लुङका नौ जना, नवलपरासीका छ जना र तनहुँका तीन जनामा संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेशमा अहिलेसम्म २ हजार ६ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तिमध्ये १ हजार ७ सय ९७ जना कोरोनामुक्त भएका छन् ।

Leave A Reply

Your email address will not be published.