रुसले विकास गरेको कोरोनाविरुद्धको खोप भारतसहित ५ देशले परीक्षण गर्ने

0

एजेन्सी : रुसले विकास गरेको कोरोना भाइरस विरुद्धको खोपको भारतसहितका पाँच देशले परीक्षण गर्ने भएका छन । खोपको तेस्रो चरणको परीक्षण भारत, साउदी अरेबिया, संयुक्त अरब इमिरेट, फिलिपिन्स र ब्राजिलमा गर्न लागिएको हो ।

खोपको पहिलो र दोस्रो चरणको परीक्षण भने रुसमै भएको थियो । परीक्षणको नतिजा अक्टोबरदेखि नोभेम्बरसम्ममा आइसक्ने अनुमान गरिएको छ ।

रुसले अगष्ट एघारमा आफुले कोरोना भाइरस बिरुद्धको खोपको विकास गरेको दावी गरेको थियो । खोपको प्रारम्भिक परीक्षणबाट मानिसमा भाइरसविरुद्ध लड्ने प्रणालीको विकास भएको रुसी बैज्ञानिकको दावी छ ।

Leave A Reply

Your email address will not be published.