भारतमा एकैदिन थपिए ७५ हजार बढी कोरोना संक्रमित

0

एजेन्सी : भारतमा पछिल्लो २४ घण्टामा ७५ हजार २२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ४२ लाख ७७ हजार ५ सय नाघेको छ । भारतमा सक्रिय संक्रमितको संख्या आठ लाख ८३ हजार भन्दा बढी छ ।

भारतमा पछिल्लो एक सातादेखि दैनिक एक हजार भन्दा बढी मानिसको कोरोना संक्रमणबाट मृत्यु भैरहेको छ । हिजो एकै दिन भारतमा १ हजार १ सय २९ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म ७२ हजार ८ सय १६ जनाले ज्यान गुमाइसकेका छन् ।

भारत धेरै कोरोना संक्रमित हुने मुलुकको दोस्रो स्थानमा छ । अमेरिका एक लाख ९३ हजार ५ सय र एक लाख २७ हजार भन्दा बढीको मृत्यु भएको छ । विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ७४ लाख ८५ हजार नाघेको छ । मृत्यु हुनेको संख्या ८ लाख ९६ हजार ८ सय भन्दा धेरै छ ।

Leave A Reply

Your email address will not be published.