चीनमा बन्दै गरेको खोपको परीक्षणका लागि ४ देशले दिए अनुमति

0

एजेन्सी : चीनमा बन्दै गरेको कोरोना भाइरस विरुद्धको खोपको क्लिनिकल परीक्षणका लागि चार वटा देशले अनुमति दिएका छन् । खोप निर्माण कम्पनी चाइना नेशनल बायोटेक ग्रुप सीएनबीजी र सिनोवैक बायोटेक लिमिटेडले खोपको अन्तिम परीक्षणका रुपमा मानिने क्लिनिकल परीक्षणका लागि चार वटा देशले अनुमति दिएको जानकारी दिएको हो ।

सर्बिया र पाकिस्तान तेस्रो चरणको परीक्षणका लागि अनुमति दिइसकेका छन् । सर्बीयामा चीनले नै बनाउँदै गरेको दुई वटा खोपको परीक्षण हुनेछ । पाकिस्तानमा एउटा खोपको परीक्षण हुनेछ । दुई वटा खोप वुहान र बेइजिङ सीएनबीजी यूनिटले तयार पारेको हो ।

पाकिस्तानमा भने बेइजिङ यूनिटले तयार पारेको खोपको मात्रै परीक्षण हुनेछ । अरु दुई वटा देशले भने तथ्यांक माग गरिरहेको बताइएको छ । सीएनबीजीको तेस्रो चरणको परीक्षणमा १० देशका झण्डै ५० हजार मानिस सहभागी हुने सम्भावना छ ।

संयुक्त अरब इमिरेट्स, बहराइन, पेरु, मोरक्को, अर्जेन्टीना र जोर्डनमा पहिले देखि नै परीक्षण सुरु भइसकेको छ । चीनमा कोरोना भाइरस संक्रमितको संख्या धेरै नभएकाले उसले अरु देशमा परीक्षण गर्न लागेको हो ।

Leave A Reply

Your email address will not be published.