भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६९ हजार नाघ्यो

0

एजेन्सी : भारतमा कोरोना भाइरसको दैनिक संक्रमण बृद्धिमा शुक्रबार पनि नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा ८७ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतमा एकैदिन ८७ हजार १ सय १५ जना संक्रमित भएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ४० लाख २० हजार २३९ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ३१ लाख ४ हजार ५ सय १२ जना संक्रमणमुक्त भएका छन् । ८ लाख ४६ हजार ९२ जनाको उपचार भइरहेको छ । यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ६९ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ६६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ६९ हजार ६ सय ३५ पुगेको छ ।

पछिल्लो २४ घण्टाभित्र विश्वमा दुई लाख ८९ हजार ३० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा पाँच हजार ५ सय ५१ जनाको मृत्यु भएको छ । कोरोनाबाट अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा १ लाख ९२ हजार भन्दा बढीको मृत्यु भएको छ ।

ब्राजिलमा ज्यान गुमाउनेको संख्या १ लाख २५ हजार ५ सय नाघेको छ । योसँगै विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ६७ लाख ७३ हजार नाघेको छ । मृत्यु हुनेको संख्या आठ लाख ७८ हजार नाघेको छ ।

Leave A Reply

Your email address will not be published.