रातो मछिन्द्रनाथको रथयात्राको विषयमा विवाद, स्थानीय र प्रहरीबीच झडप

0

काठमाडौं : रातो मछिन्द्रनाथको जात्रा टुंग्याउन माग गर्दै ललितपुरको पुल्चोकमा प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप भएको छ । प्रहरीले रथ तान्न रोकेपछि युवाहरुले ढुंगामुडा गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ ।

युवाहरुले रथ सडकको बीचमा पुर्‍याएका छन् । अहिलेपनि स्थानीय र प्रहरीबीच झडप भइरहेको छ । कोरोना भाइरसको कारण देखाउँदै पुल्चोकमा भेला भएर स्थानीयले लामो समयदेखि रथलाई त्यतिकै राख्न नहुने भन्दै जात्रा चलाउनुपर्ने माग गर्दै प्रदर्शन भएको हो ।

Leave A Reply

Your email address will not be published.