अर्घाखाँचीमा भदौ २४ गतेसम्म लकडाउन लम्बियो

0

अर्घाखाँची : अर्घाखाँचीमा भदौ २४ गते राति १२ बजे सम्मका लागि लकडाउनको समय अवधि थपिएको छ । आज बुधबार बिहान जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र ( डिसीसीएमसी) को बैठकले भदौ २४ गते राति १२ बजेसम्म लकडाउन थप गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले बताए ।

आज राति १२ बजेसम्मको लागि यसअघि नै लकडाउन गरिएकोमा यसलाई बढाएर २४ गते राती १२ बजे सम्म लगिएको हो । तराईसँग सिमाना जोडिएका छिमेकी जिल्ला रुपन्देही, कपिलवस्तुमा दैनिक कोरोना संक्रमितको संख्या बढीरहेको र अर्घाखाँचीमा पनि समुदाय स्तरमा कोरोना संक्रमित हुन लागेपछि लकडाउन थपिएको प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयमा हिजो मंगलबार बसेको राजनीतिक दल र सञ्चारकर्मीसँगको छुट्टाछुट्टै भेटघाटमा लकडाउन थप गर्न सुझाव दिएका थिए ।

Leave A Reply

Your email address will not be published.