नारायणी अस्पतालमा गरिएको परीक्षणमा थप ६४ जनामा कोरोना संक्रमण

0

काठमाडौं : पर्सा र बारामा गरी थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार राति नारायणी अस्पतालमा गरिएको परीक्षणमा बाराका ५०, पर्साका १३ र गण्डक अस्पतालका एकजनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा पाँच वर्षका बालकदेखि ७९ वर्षका वृद्ध समेत छन् । बाराको कलैया उपमहानगरपालिकाका विभिन्न वडाका गरी पचास जनामा संक्रमण पुष्टि भएको छ । पर्साका संक्रमितहरु वीरगञ्जका विभिन्न वडा र बहुदरमाइका छन् ।

Leave A Reply

Your email address will not be published.