उपत्यकामा निषेधाज्ञा लम्बिने

0

काठमाण्डौ – उपत्यकामा निषेधाज्ञा एक साता लम्बिने निश्चितप्रायः भएको छ । गृह मन्त्रालयले यसबारे निर्णय लिने बुझिएको छ ।

आज काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बसी निषेधाज्ञा अझै केही समय गर्ने नगर्नेबारे छलफल गरेका थिए । उपत्यकाका स्थानीय निकायबाट आएका सल्लाहमा केन्द्रित रहेर छलफल भएको बुझिएको छ ।

उपत्यकामा कोरोना भाइरसको संक्रमित बढेको र समुदायसम्म अझ फैलने खतरालाई दृष्टिगत गरी लकडाउन लम्ब्याउने सुझावहरु आएका छन् । यसबारे थप छलफल गरी सुझाव गृह मन्त्रालयलाई नै निर्णयका लागि पठाउने टुंगोमा प्रमुख जिल्ला अधिकारीहरु पुगेका हुन् ।

गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले यसबारे थप निर्णय लिन प्रजिअहरुलाई निर्देशन दिने बुझिएको छ । कम्तिमा अझै एक साता निषेधाज्ञा लम्ब्याउने र केही विषयमा भने लचकता अपनाउने तयारी गरिएको छ ।

१७ भदौसम्मको निषेधाज्ञा अन्त नहुँदै आज यसको टुंगो लाग्दैछ । तर, निषेधाज्ञा अवधिमा झन् कोरोना संक्रमितको संख्या थपिएको छ ।

Leave A Reply

Your email address will not be published.